मिस नेपाल अनुष्का श्रेष्ठलाई सहयोगको खाँचो…

मिस नेपाल अनुष्का श्रेष्ठलाई मिस नेपाल वर्ल्डमा सहभागी हुन सहयोगको खाँचो परेको छ । मिस नेपाल हुनु पुर्ब सिड्नी बस्दै आएकी श्रेष्ठलाई मिस वर्ल्डको एक अंश मल्टिमिडिया अवार्डको माध्यम बाट अगाडी बढ्नका लागि फलोअर्ष र लाईकको सहयोग चाहिएको हो ।

डिसेम्बर १४ मा एक्सल लण्डनमा हुने मिस वर्ल्ड २०१९ मा नेपालको प्रतिनिधित्व जनाउने अनुष्कालाई सिधै मिस वर्ल्डको उत्कृष्ट २० मा प्रस्तुत गर्नका लागि भने उनलाई मोबस्टार मोबाईल एप्लिकेशनमा गएर उनको प्रोफाइमा फलो र उनको तस्विरलाई लाईक गर्नु पर्ने हुन्छ ।

उक्त मोबाईल एप्लिकेशनमा मिस वर्ल्डमा सहभागी हुनेमध्ये सर्बाधिक फलोअर्ष प्राप्त गर्ने प्रतियोगीले मल्टिमिडिया अवार्ड प्राप्त गर्नेछ भने सो प्रतियोगी सिधै उत्कृष्ट २० मा पुग्नेछ । यस कारण पनि मिस नेपाल श्रेष्ठले आफुलाई फलो गर्न र तस्विरमा लाईक गर्न उनले सामाजिक संजाल फेसबुक मार्फत् अपिल समेत गरेकी छिन् ।

नेपालीहरु बाट ठुलो सहयोगको खाँचो रहेको बताउदै सहयोग गर्न आग्रह गरेकी छिन् ।केहि बर्ष अष्ट्रेलिया बसेर मिस नेपालको ताज जिते लगत्तै नेपाल फर्किएकी अनुष्काले अष्ट्रेलियाका नेपाली समुदाय संग बलियो सम्बन्ध रहेकाले पनि सहयोगको आसा गरेको बताईन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार