‘धुर्मुस सरकार हैन, उहा सँग मन छ तर धन छैन’- कुमार कट्टेल

काठमाडौं /पछिल्लो समय सिताराम कट्टेल धुर्मुस ‘गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला’ निर्माणमा जुटेका छन्। अनेक विवाद र बाधा खेपेर निर्माण कार्य अगाडी बढेको रंगशाल निर्माणमा सिताराम आफै खटिएका छन्।

देश निर्माणमा उनले अगाडी बढाएको कदमको सदैव तारिफ हुने गरेको छ। यहि बिचमा उनको समर्थनमा कलाकर कुमार कट्टेल जिग्रीले एउटा स्टाटस पोष्ट गरेका छन्।

कुमारले लेखेको स्टाटस यस्तो छ:

“उहा सरकार हैन नेता , उधोगि, ब्यापारी , अरबपती पनि हैन , उहा त यो देश लाई असाध्यै माया गर्ने एक सच्चा नेपाली नागरिक हो .उहाँ त बिकास को विश्वबिधालय हो, उहा सँग मन छ तर धन छैन
तर पनि भोक तिर्खा नभनि रात दिन खटेर देश निर्माण मा लाग्ने उदाहरणिय एउटा देश बिकास को सिपाही हो ।

उहाले अहिले नेतृत्व गरेको गौतम बुद्द अन्तराष्ट्रीय क्रीकेट रङ्गशाला को काम द्रुत गती मा अधी बढिरहेको छ । देश बिकाश कती चाडै गर्न सकिन्छ भनेर राम्रै पाठ पढाउने यो परियोजना लाई साथ , समर्थन र सहयोग गर्नु हामी सबै नेपाली को दायित्व हो । एउटा धुर्मुस हारे यो देश को बिकाश हार्छ
तेही भएर आउनुस हामी सबै मिलेर यो परियोजना सफल पारौ
जय देश , जय नेपाल !!”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार