साउदी सरकारले आप्रवासी श्रमिकका लागि दियो खुशीको खबर।

काठमाण्डौ / साउदीले आप्रवासी श्र’मिकका विभिन्न प्रका’रका भिसा तीन महिना निःशुल्क थपिदिने भएको छ । कोरोना महामारीका कारण साउदीमा रहेका आप्रवासीको सहजताका लागि विभिन्न प्रकारका भिसासँगै बसोबासलाई सहज बनाउन निःशुल्क भिसाको समय अवधि तीन महिना बढाइदिने साउदीको मि’निस्ट्री अफ इन्टेरियरले जनाएको छ ।

यो नियमका लागि साउदीका राजाले अनुमति दिइसकेको मन्त्रालयको भनाइलाई उद्धृत गर्दै अरब न्युजले खबर लेखेको छ ।

यस्तै साउदीले बिदामा रहेका आप्रवासी श्रमिकका लागि पनि यो नियम लागू हुने जनाएको छ । कोरोनाको कारण साउदी प्रवेशमा रोक लगाएको अवधिमा भिसाको म्याद सकिएको भएमा थप तीन महिना कुनै शुल्कबिनै म्याद थप हुने साउदीले जनाएको छ । यो नियम पर्यटक भिसामा रहेकाहरुलाई पनि लागू हुनेछ ।

विदेश जान सोमबार मात्रै ४१० जनाले लिए पुन: श्रम स्वीकृति, यूएई, कतार र मलेसिया जाने धेरै

वैदेशिक रोजगारीमा जान आज ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् । सरकारले बिदामा आएका,भिसा र करारको अबधि भएकालाई पुन: श्रम स्वीकृति दिने गरी खुल्ला गरेसँगै आज सोमबार मात्रै १९ देशका लागि ४१० जनाले पुन: श्रम स्वीकृति लिएका छन् ।

सबैभन्दा धेरै १९२ जनाले यूएई जान पुनः श्रम स्वीकृति लिएका छन् । त्यसैगरी जापानका लागि ८९, मलेसियाका लागि २४ जना, कतारका लागि ४१ जना, बहराइनका लागि ६, ब्रुनाइका लागि ७,जोर्डनका लागि १ जना, कुवेतका लागि ११ जना, लेवनानका लागि एक जना, चीनका लागि ८ जना, माल्दिभ्सका लागि ३ जना, माल्टाका लागि ५ जना,ओमानका लागि ३ जना र पोल्याण्डका लागि ९ जनाले पुन : श्रम स्वीकृति लिएका हुन् ।

यस्तै, कोरियाका लागि २ जना, रोमानियाका लागि ४ जना, सेसल्सका लागि दुई जना, यूगाण्डाका लागि १ जना र अमेरिकाका लागि १ जनाले पुनः श्रम स्वीकृति लिएका हुन् ।

सरकारले असार १८ गतेदेखि पुनः श्रम स्वीकृति दिन थाले पनि नयाँका लागि भने श्रम स्वीकृति खुला गरेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार