दीपकराज गिरीलाई कस्ले भन्यो ‘महानायक’ ? हेर्नुस अहिलेसम्मकै कडा जवाफ आयो

काठमाडौँ । केही दिनयता ‘महानायक’को विषयले सामाजिक सञ्जाललाई गरमागरम बनाएको छ। निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र ?’ भन्दै प्रश्न गरेपछि उनको चर्को आलोचना समेत भयो ।

उनले माफी मागिसक्दा पनि आम दर्शकले उनको आलोचना गर्न छाडेका छैनन् ।दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपामाथि व्यङ्ग्य गर्न पनि सुरु गरेका छन् ।

‘महानायक’को विवादमा आफू पनि तानिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले मुख खोलेका छन् । उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन । मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद ।’

हेर्नुहोस –

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार