जुम्लेहा दिदी बहिनी संग बलेको धमाकेदार तिज गीत सार्वजनिक(भिडियो)

काठमाण्डौ। संधैका वर्षहरुमा झै गायीका तथा सञ्चारकर्मी अनिता चलाउनेले तीजमा सबैलाई नचाउने भएकी छन् ।

उनले यो वर्ष पनि तीज गीत सार्वजनिक गरेकी छन् । यो वर्षको उनको तीज गीतमा केही नयाँ पन छ । तल दिइएको लिंकमा गएर हेर्नुभयो भने तपाईले तीज गीतको नयाँ स्वाद पाउनुहुनेछ ।

उनले अहिलेका टिकटक स्टारलाई आफ्नो गीतमा अभिनय गराएकी छन् । बुधवार सार्वजनिक भएको उनको तीज गीतमा टिकटक कलाकार प्रिज्मा र प्रिन्सी खतिवडाले अभिनय गरेका छन् ।

‘यस्तो बनोस् मेरो तीज’ को भिडियो रिलीज भएको केही समयमै निकै राम्रो प्रतिकृया आएको छ । गीतमा बिपिन किरणका शब्द छन् भने दीपक शर्माले संगीत दिएका छन् । गीतमा अनिताको स्वर निकै खुलेको छ ।

गीतमा जिवन्त अभिनयमा उत्रीएका जुम्ल्याहा दिदि बहिनी प्रिज्मा र प्रिन्सीलाई ‘बले’ नामले परिचित सागर लम्सालले साथ दिएका छन् । यो प्रिज्मा र प्रिन्सीको तीज गीतमा गरेको पहिलो अभिनय पनि हो । उनीहरुले म्युजिक भिडियोमा भने अभिनय गरिसकेका छन् ।

गीत रिलीज पछि गायिका चलाउनेले आफ्नो गीतले तीजको मौलिकता बोलेकोब बताएकी छन् । पछिल्लो समय तीज गीतका नाममा आएका भड्किलो शैलीलाई उनले मौलिकतावाट प्रहार गरेकी छन् । गीतमा हरितालिका तीजको मर्म महशुष गर्न सकिने उनको दावी छ ।

केहि महिना अघि ‘विदेशको पिआर छ’ बोलको गीत हिट बनाएकी चलाउनेले ‘यस्तो बनोस् मेरो तीज’ गीत यस बर्षकै उत्कृष्ट हुनेमा विश्वास व्यक्त गरिन् । अनिता विगत पाँच बर्ष देखी मीडिया र संगीतमा आवद्द छन् । भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार