यौ न क्षमता बढाउन खानुहोस् यी ९ खानेकुरा

हरेक मानिस यौनको मामलामा क्षमतावान् रहन चाहन्छ । पार्टनरसहित आफैलाई सन्तुष्ट पार्ने उसको चाहना हुन्छ ।

तर कमजोर यौ नक्षमताका कारण मानिसको यौ न जीवन सन्तोषमय हुँदैन । यदि कमजोर यौन क्षमता विकास गर्न चाहनुहुन्छ भने यी वस्तुको सेवन निकै उपयोगी साबित हुनेछ ।

१.केरा: पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत केरा हो । उच्च सोडियमयुक्त खानेकुराले शरीरमा पर्ने नकारात्मक असर घटाउँनुका साथै नुनको ख राब असर घटाउँछ ।

धेरै नुनिलो खानेकुरा खानाले यौ नांगमा रक्तप्रवाह घट्न गई यौ नेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले रक्त प्रवाहमा वृद्धि हुन्छ ।

२. दालचिनी : दालचिनीको सेवनले मानिसमा यौ नेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ । विशेषत: पुरुषले चिया तथा कफीमा दाल चिनी मिसाएर खानु उत्तम हुन्छ ।

३. चकलेट : जोडीबीच उपहार दिइने चकलेटमा पनि यौ न शक्तिको श्रोत मानिन्छ । चकलेटमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले यो मुटुका लागि समेत उपयोगी हुन्छ । चकलेटको सेवनले शरीरबाट मूड जगाउने रसायनको उत्पादन गर्दछ । यसले यौ नइच्छा बढाउँछ ।

४. खरबुजा : खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । खरबुजालाई यौ नशक्तिको श्रोत मानिन्छ । यसको सेवनले यौ नक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

५. आलु : आलुमा प्रशस्त पोटासियम पाइन्छ । आलुको सेवनले पनि रक्तप्रवाह बढाउँछ । तसर्थ आलुको सेवन पनि यौ न क्षमता बढाउन उपयोगी मानिन्छ ।

६.फर्सी : फर्सीको नियमित सेवनले यौ न क्षमता बढ्ने गर्दछ । फर्सीको बियाँमा शरीरलाई आवश्यक ट्रिप्टो फ्यान नामकएमिने एसिड पाइन्छ ।

यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा शरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । यसले पुरुषहरुमा यौ न क्षमता वृद्धि गर्दछ ।

७. पालुंगो : पालुंगोको सेवनले यौ नांगमा रक्तप्रवाह बढाउँदछ । यसको सेवनले मूड पनि राम्रो बनाउँछ । यसमा पाइने म्याग्ने सियम लगायतका लवणले रक्तनली सुन्निने समस्या पनि हटाइदिन्छ । रक्तप्रवाह बढ्दा मानिसमा यौ न इच्छा तथा यौ न क्षमता दुवैमा वृद्धि हुन्छ ।

८. खुर्सानी : खुर्सानीले इन्डोफिर्न हर्मोन सक्रिय पार्दछ । यसबाट शरीरमा पसिना छुट्ने र मुटुको गति बढ्ने गर्दछ । यसबाट यौ न क्रिडाका लागि आवश्यक रक्तप्रवाह बढ्न जान्छ ।

९. ग्रीन टी : ग्रीन टीमा क्याटेचिन्स नामक यौ गिक पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । यो यौगिकले यौ नांगमा रक्तप्रवाह बढाएर यौ न इच्छामा वृद्धि गर्दछ ।

यो पनि पढ्नुहोस : काठमाण्डौ – टिकट काट्ने पैसासमेत नभएर विदेशमा अ लपत्र नेपालीको निःशुल्क उ द्धार सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका पारित गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । कार्यविधिले रोजगारदाताले टिकट नदिएका र आफ्नै खर्चमा पनि फर्कंन नसक्ने अवस्थामा श्रमिकलाई सम्बन्धित देशमा रहेका दूतावासको सिफारिसमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत निःशुल्क उ द्धारको व्यवस्था गरेको छ ।

श्रम स्वीकृति लिएर गएको एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अ लपत्र परेका श्रमिकलाई स्वदेश ल्याउँदा लाग्ने सबै रकम कोषबाट व्यहोरिने छ । निर्देशिकाले तोकेको मापदण्डभित्र पर्ने श्रमिक अहिले नै फर्किसकेको भएमा लागेको रकम फिर्ता दिने व्यवस्था समेत गरेको छ ।

सम्बन्धित रोजगारदाताले श्रमिकलाई हवाई शुल्क उपलब्ध गराउने वा नगराउने, श्रमिकको अवस्था, तलबलगायत सेवासुविधा पाएको वा नपाएकोबारे सम्बन्धित देशमा रहेका दूतावासले छानबिन गर्नेछन् । यसअघि नेपालीको स्वदेश फिर्तीको लागि सरकारले श्रमिक आफैंले खर्च व्यहोर्नुपर्ने व्यवस्था गरेको थियो ।

आफैंले रकम तिर्नुपर्ने व्यवस्थाका कारण धेरै श्रमिक अहिले फर्कन सकेका छैनन् । सरकारलाई कल्याणकारी कोषको रकम प्रयोग गरेर उ द्धार गर्नका लागि सर्वोच्च अदालतले एक महिनाअघि नै अन्तरिम आदेश जारी गरेको थियो । मन्त्रिपरिषदले निर्देशिका स्वीकृत गरेसँगै टिकट काट्ने पैसा नभएर विदेशमा अ लपत्र नेपालीको निःशुल्क उद्धार गर्ने बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार