पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी

काठमाडौं – दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए ।

“मन्दिर खुला गरिए पनि को रोना भा इरस (को भिड–१९)बाट बच्न आवश्यक ठानिएका सबै पालना गर्दै गराउँदै मन्दिर खुला हुन्छ”, उनी भन्छन् । महादेवको अतिप्रिय महिना र प्रिय सोमबार मानिने यो महिना दर्शनार्थी एक पटक मात्र भए पनि दर्शन गर्न पाऊँ भनेर मन्दिर आसपास आइरहेका छन् ।

पशुपतिनाथका नित्य दर्शनार्थी सिनामङ्गल निवासी मनोज भण्डारीका अनुसार निकै दर्शनार्थी मन्दिर परिसरमा पस्न चाहिरहेका छन् । कतिपयले अमालकोट कचहरीस्थित जलद्रोणी दक्षिण फर्किएको खञ्जनेश्वर, सिफलको भण्डारेश्वरलगायत आफ्नै बसोबासस्थल आसपासका शिवालयमा शिवको अर्चना गरिरहेका छन् ।

एकाध स्थानीयवासी बोलबम आफूखुसी खञ्जनेश्वर र जयबागेश्वरीस्थित महामृत्युञ्जयमा दर्शनका लागि आए, बिहीबार एकादशीसमेत परेकाले यहाँ बोलबमको सामान्य जमघट भयो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो पनि पढ्नुहोस : काठमाण्डौ – टिकट काट्ने पैसासमेत नभएर विदेशमा अ लपत्र नेपालीको निःशुल्क उ द्धार सम्बन्धी निर्देशिका मन्त्रिपरिषदबाट पारित भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले निर्देशिका पारित गरेको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । कार्यविधिले रोजगारदाताले टिकट नदिएका र आफ्नै खर्चमा पनि फर्कंन नसक्ने अवस्थामा श्रमिकलाई सम्बन्धित देशमा रहेका दूतावासको सिफारिसमा वैदेशिक रोजगार कल्याणकारी कोषको रकममार्फत निःशुल्क उ द्धारको व्यवस्था गरेको छ ।

श्रम स्वीकृति लिएर गएको एक वर्षभन्दा कम करार अवधिमा रोजगारी गुमाएर अ लपत्र परेका श्रमिकलाई स्वदेश ल्याउँदा लाग्ने सबै रकम कोषबाट व्यहोरिने छ । निर्देशिकाले तोकेको मापदण्डभित्र पर्ने श्रमिक अहिले नै फर्किसकेको भएमा लागेको रकम फिर्ता दिने व्यवस्था समेत गरेको छ ।

सम्बन्धित रोजगारदाताले श्रमिकलाई हवाई शुल्क उपलब्ध गराउने वा नगराउने, श्रमिकको अवस्था, तलबलगायत सेवासुविधा पाएको वा नपाएकोबारे सम्बन्धित देशमा रहेका दूतावासले छानबिन गर्नेछन् । यसअघि नेपालीको स्वदेश फिर्तीको लागि सरकारले श्रमिक आफैंले खर्च व्यहोर्नुपर्ने व्यवस्था गरेको थियो ।

आफैंले रकम तिर्नुपर्ने व्यवस्थाका कारण धेरै श्रमिक अहिले फर्कन सकेका छैनन् । सरकारलाई कल्याणकारी कोषको रकम प्रयोग गरेर उ द्धार गर्नका लागि सर्वोच्च अदालतले एक महिनाअघि नै अन्तरिम आदेश जारी गरेको थियो । मन्त्रिपरिषदले निर्देशिका स्वीकृत गरेसँगै टिकट काट्ने पैसा नभएर विदेशमा अ लपत्र नेपालीको निःशुल्क उद्धार गर्ने बाटो खुलेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार