बेसारमा कैयौं भा इरस मा र्ने क्षमता हुने चीनका वैज्ञानिकको अनुसन्धानले पुष्टि गर्यो

काठमाडौं। केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले को रोनाभा इरसको सं क्रमणबाट बच्न बेसार उपयोगी हुने सुझाव दिए । यो विषयले निकै चर्चा पायो । वैज्ञानिक पुष्टिबिना प्रधानमन्त्रीले हचुवाको भरमा यस्तो अभिव्यक्ति दिएको भन्दै आ लोचना पनि भयो । सामाजिक संजालमा यस विषयमा ट्रोल पनि बनाइए । आ लोचना भएपछि प्रधानमन्त्रीले आफूले रोग प्र तिरोधी क्षमता बढाउने सन्दर्भमा बेसार प्रयोग गर्न सुझाव दिएको सफाइ दिए ।

अहिले भने प्रधानमन्त्रीको यो दावी वैज्ञानिक रुपमा पुष्टि भएको छ । चीनका वैज्ञानिकले बेसार कैयौं किसिमका भा इरस नि यन्त्रण गर्न प्रभावकारी हुने एक अनुसन्धानपछि पुष्टि गरेका छन् । चीनको वुहान वुहान युनिभर्सिटी अफ इन्जिनियरिङले प्रकाशित गरेको एक शोधपत्रमा बेसार कैयौं किसिमका भा इरस रो क्न सक्षम भएको उल्लेख छ । यो शोधपत्र जर्नल अफ जनरल भा इरोलोजीमा प्रकाशित गरिएको छ ।

अनुसन्धानमा बेसारमा पाइने प्राकृतिक यौगिक कक्र्युमिन भा इरस नि यन्त्रणमा सक्षम भएको देखिएको हो । वैज्ञानिकहरुले एक प्रकारको अल्फा को रोनाभा इरस ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भा इरस (टीजीइभी)मा यसको परीक्षण गरेका थिए । टीजीइभी अन्त्यन्तै छिटो प्रसार हुने क्षमता भएको वर्गमा पर्ने भा इरस हो ।

‘उदाउँदो को रोनाभा इरसले विश्वव्यापी रुपमा मानव र पशु स्वास्थ्यमा देखिएको ग म्भीर ख तरालाई प्रतिनिधित्व गर्छ र अहिलेसम्म कुनै आधिकारिक उपचार उपलब्ध छैन । यहाँ हामीले ट्रान्समिसिबल ग्यास्ट्रोएन्टेराइटिस भा इरस (टीजीइभी) लाई अल्फा को रोनाभा इरस मोडलको रुपमा य्रयोग गर्यौं र टीजीइभीवि रुद्ध कक्र्युमिनको एन्टिभा इरल गुणहरुको परीक्षण गर्यौं । हाम्रो परीक्षणले देखायो कि निश्चित डोजमा आधारित रहेर कक्र्युमिनले टीजीइभीको प्रसार र भाइरल गतिविधिहरुलाई बलियोसँग रोक्यो । हामीले यो पनि अवलोकन गर्यौं कि कक्र्युमिनले डोज, तापक्रम, र समयमा आधारित रहेर प्रत्यक्ष भा इरसवि रोधी क्षमता पनि देखायो’ अनुसन्धानकर्ताले शोधपत्रमा लेखेका छन् ।

यो पनि पढ्नुहोस, काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित मुख्य सहरमा आजदेखि थप सार्वजनिक गाडी चल्न थालेका छन् । असार ३० गतेदेखि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा थोरै सङ्ख्यामा सार्वजनिक गाडी चल्दै आएकोमा आजदेखि अरु पनि थपिएका हुन् । यसअघि साझा यातायातसहित सुन्दर यातायात, संयुक्त यातायातलगायतका केही कम्पनीले थोरै सङ्ख्यामा बस चलाउँदै आएका थिए ।

सरकारले ल्याएको मौद्रिक नीतिमा व्यवसायीका धेरैजसो माग सम्बोधन भएको भन्दै सार्वजनिक यातायात केन्द्रीय महासङ्घ पनि आजदेखि गाडी चलाउन सहमत भएको हो । सार्वजनिक यातायात केन्द्रीय महासङ्घका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालका अनुसार सरकारको निर्णयअनुसार अहिले जिल्लाभित्रै मात्रै गाडी चल्नेछन् । काठमाण्डौ उपत्यकामा तीन जिल्लामा गाडी चल्नेछन् । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बिस्तारै गाडीको संख्या थपिदै जाने बताउनुभयो ।

तर, यातायात व्यवसायीको अर्को संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने आजदेखि सार्वजनिक गाडी चलाउनेबारे कुनै निर्णय नभएको जनाएको छ । महासङ्घले यातायात व्यवस्था विभागसँग नियमित वार्ता र छलफल भइरहे पनि अहिलेसम्म निर्णयमा नपुगेको जनाएको हो । सरकारले गएको असार २३ गते छोटो दूरीमा सार्वजनिक गाडी चल्न सक्ने निर्णय गरेको थियो ।

सरकारको निर्णयपछि व्यवसायी र मजदुर सङ्गठनले यातायात विभागसँग छलफल गर्दै आएका महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना बीमा, चालक, सहचालक र यात्रुको स्वास्थ्य सुरक्षाका विषयमा छलफल भइरहेको छ ।

सार्वजनिक गाडीकै कारण कोरोना स ङ्क्रमण थप नफैलियोस् भनेर तयारी गर्न नियमित छलफलमा जुटेको उहाँको दावी छ । कोभिड–१९ को स ङ्क्रमण फैलिएको बेला विभागले गएको महिना निर्देशिका बनाए पनि त्यसमा स्वास्थ्यका विषय नसमेटिएको महासङ्घले बताउँदै आएको छ । कार्यविधिमा परिमार्जन नभएसम्म अहिले नै गाडी सञ्चालन गर्ने वातावरण नबनेको सिटौलाको भनाइ छ । सरकारले काठमाण्डौ उपत्यकाभित्र एक जिल्ला तथा उपत्यका बाहिर एक जिल्ला भित्र सार्वजनिक गाडी चल्न सक्ने निर्णय गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार