धमाकेदार तिज गीत नाच माया बजारमा

काठमाडौं। नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसर बजारमा दिनप्रतिदिन नयाँ नयाँ तिज गित सार्बजनिक हुने क्रम जारी छ । यसैक्रममा गायक तथा सर्जक खगेन्द्र दुलाल र शर्मिला तामाङको स्वरमा फरक नाच माया नाच, तिज गीत बजारमा आएको छ।

भावना म्युजिक सोलुसन बाट भखरै मात्र बजारमा आएको तिज गीतमा शब्द सिर्जना सुनिता क्षेत्रीले गरेकी हुन् भने लय विनोद दुलालको रहेको छ।

काजीश श्रेष्ठले निर्देशन गरेका गीतको म्युजिक भिडियोमा बिमल अधिकारी र रुविना अधिकारीलाई अभिनय देख्न सकिन्छ। भिडियो छायांकन अजय रेग्मीले गरेका हुने म्युजिक भिडियो सम्पादन दिपक बिष्टले गरेका छन्।

यो पनि पढ्नुहोस, काठमाण्डौ -ल कडाउन हटेको छ । चैत ११ गतेदेखि सुरु भएको ल कडाउन गएराति १२ बजेदेखि अन्त्य भएको हो । आजदेखि सरकारी कार्यालयहरू सामान्य अवस्थामा जस्तै सञ्चालन गर्ने र गाडीको जोर-बिजोर प्रणाली हटाउने सरकारले निर्णय गरेको छ ।

यस्तै साउन १५ गतेदेखि होटेल, ट्रेकिङ, ट्राभल र पर्वतारोहरण व्यवसाय पनि सञ्चालन हुनेछन् । स्वास्थ्य मापदण्ड पालना गरी भदौ १ गतेदेखि लामो दूरीका सार्वजनिक गाडी तथा हवाई सेवा सुरु गर्ने सरकारले निर्णय गरेको छ ।

यस्तै भदौ १ गतेदेखि भर्ना र रोकिएका परीक्षा सञ्चालन गर्न दिने निर्णय पनि भएको छ । तर, अर्को निर्णय नभएसम्मका लागि स्कुल/कलेजमा पठनपाठन भने गर्न पाइने छैन । लकडाउन खुला भए पनि शिक्षण संस्थाहरू, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार तथा मनोरञ्जनका क्षेत्र, सैलुन-ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, हेल्थ क्लब, समूहमा खेलिने खेलकुद, सभा/भेला, धार्मिक क्षेत्र, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना, अन्तर्राष्ट्रिय नाका भने बन्द रहनेछन् ।

ल कडाउन अन्त्य गरे पनि स्वास्थ्यसम्बन्धी मापदण्ड कायमै रहेको र त्यसको पालना गर्न सरकारले आग्रह गरेको छ । स्वास्थ्य मापदण्ड पालना गराउन प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी दिइएको छ । मापदण्ड उल्लंघन गर्नेलाई सं क्रामक रो क तथा स्थानीय प्रशासन ऐनअनुसार का रबाही हुने सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार