पानी उमालेर पिउदाँ हाेसियार, पानीलाई बढी उमाल्‍नु घा तक, पढ्नुहाेस्

पानी मानव जीवनको लागि नभइ नहुने अति आवश्यक तत्व हो । मानिसको शरीरमा पानीको मात्रा करीब ६० प्रतिशत हुन्छ। पानीलाई उमालेर खानु राम्रो मानिन्छ तर स्वास्थ्यको दृष्टिकोणले यसलाई धेरै उमाल्नु हानिकारक छ । यसकारण पानीलाई धेरै उमाले के के हानी पुर्‍याउँछ ?

१. पानीको गुण घट्छ
पानीलाई बढी उमालेमा जुन तत्वले बनेको यसको गुण स्वत: घट्छ र स्वास्थ्यमा हानी पुर्‍याउन सक्छ।

२. केमिकल रियाक्सन
पानीलाई पटक पटक उमालेमा रसायनिक प्रक्रिया भएर नाइट्रेट एक प्रकारको टक्सिनमा रुपान्तरण हुन्छ। जसले मानव शरीरमा क्यान्सरको खतरा बढाउँछ।

३. आर्सेनिक इन्टक्सिकेशन
पानीलाई धेरै बेरसम्म उमालेमा आर्सेनिक इन्टक्सिकेशन अर्थात घातक तत्वहरुको मात्रा बढेर जान्छ। यही घातक तत्वहरुले मानिसलाई क्यान्सर, मुटुको रोग निम्त्याउछ भने महिला तथा पुरुष प्रजनन क्षमतामा ह्रास ल्याउँछ।

४. पचाउन गाह्रो
धेरै बेरसम्म उमालेको पानी शरीरलाई पचाउन धेरै गाह्रो हुन्छ। यसले पेटसँगसम्बन्धित रोगहरु समेत निम्त्याउछ।

५. दिमागको रोग बढ्‍ने ख तरा
यसका साथै धेरै उमाल्‍नाले पानीमा रहेको फ्लोराइडको मात्रा बढेर जान्छ। फलस्वरुप मानिसलाई दिमागको बिरामी हुने सम्भावना बढी हुन्छ। यसकारण बालबालिकालाई पटक पटक उमालेको पानी नखुवाउँदा नै बेस हुन्छ।

कति उमाल्दा उपयुक्त ?
पानीलाई उमाल्‍नै परेमा मात्र एक पटक उमाल्नुस्। प्रयोग गर्नुभन्दा पहिले २० मिनेटसम्म उमाल्‍नुस। यसपछि सफा भाडोमा राखेर सेलाएर खादा शरीरका लागि उपयुक्त हुन्छ।

यो समाचार पनि पढ्नुहोस,बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार