साउनको दोस्रो सोमबार पनि दर्शनार्थीका लागि खुलेन पशुपति

काठमाण्डौ – साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर भक्तजनका लागि खुलेको छैन । 

को रोना भा इरसको स ङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि ल कडाउन भएपछि मन्दिर, शैक्षिक संस्थालगायत धेरै भीड हुने क्षेत्र अहिलेसम्म खुलेका छैनन् । 

ल कडाउन हटेपछि अरु क्षेत्र खुला भए पनि मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने सरकारको नीतिअनुसार पशुपतिनाथ मन्दिर भक्तजनका लागि नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिनुभयो । साउनको पहिलो सोमबार ५ गते पनि भक्तजनले पशुपति क्षेत्र बाहिर विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।
यसैबीच साउन महिनाको सोमबार देवघाटमा लाग्ने बोलबम मेला यसपाली लागेको छैन । भि डभाड हुँदा को रोनाको स ङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिनाभरि मेला स्थगित गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सिमानामा पर्छ ।

यो समाचार पनि पढ्नुहोस,बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार