सुनको भाउ एकैदिन १२ सय रुपैयाँले बढ्यो,आज तोलाको ९७ हजार ५ सयले कारोबार हुँदै

काठमाण्डौ – सुनको भाउले आज पनि नयाँ रेकर्ड बनाएको छ । 

गएको बुधबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै आएकामा आज पनि त्यही क्रमलाई निरन्तरता दिएको छ । 

एकैदिन तोलामा १२ सय रुपैयाँ बढेर सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो । 

गएको शुक्रबार सुनको भाउ तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो । को रोना भा इरसको स ङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच त नाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो भइरहेको महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले बताउनुभयो । 

यो समाचार पनि पढ्नुहोस,बागलुङ, ११ साउन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले स्काभेटर, टिपर र ट्रयाक्टर पुरेको छ ।गए राति साढे आठ बजे खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बे पत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिरोले ध १ च ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन । ‘पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उ द्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जो खिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उ द्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उ द्धारको प्रयास गरेका थिए ।
अहिले बिहानैदेखि उ द्धारकार्य जारी रहेको प्रहरीले जनाएको छ । घ टना भएको लामो समय बितिसक्दा समेत बे पत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आ शङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । पुरिएको स्काभेटर निर्माण व्यवसायी विमलेस आचार्य र टिपर पर्वतका हरि घिमिरेको भएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार