सुनको भाउ तोलाको ९९ हजार…

काठमाण्डाै – सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ पुगेको छ ।

आज तोलामा ५ सय रुपैयाँ बढेर ९९ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै महंगो हो ।

को रोनाका कारण विश्व अर्थतन्त्र ओरालो लागिरहेका बेला लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

सुनको भाउले रेकर्ड बनाए पनि चाँदीको भाउ भने आज स्थिर छ । चाँदीको भाउ आज पनि तोलाको १२ सय २५ रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

यो समाचार पनि पढ्नुहोस,काठमाडौं, साउन । प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशको अपार आकर्षणपछि न्यूज २४ टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘सीधाकुरा जनतासंग’को यात्रा प्रदेश नम्बर ५ प्रवेश गरेको छ । को रोना भा इरस म हामारीको सं क्रमण र बाढी पहिरोको त्रा सबीच जनताको घरदैलो अभियान सुरु गरेको सीधाकुरा जनतासंगले प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आफ्नो उपस्थिति प्रभावकारीरुपमा जनाइसकेको छ ।

सीधाकुरा जनतासँगको भोलि (विहीबार)को एपिसोड प्रदेश ५ बाट प्रत्यक्ष प्रसारण हुँदैछ । यस्का लागि प्रदेश ५ का दर्शकहरुले ९८०१५७२४२४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । विकास र समस्याका कतिपय मु द्दामा राज्यको नजर पर्न नसकेको र जनताको गुनासो सुन्ने निकायहरु मौन बसिदिएको अवस्थामा सीधाकुराले यिनै आवाज र गुनासोहरुको प्रतिनिधित्व गर्दै आएको छ ।

प्रदेश १ र प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका जनताहरु आफ्ना समस्या र गुनासो बोकेर सर्वसाधारण न्यूज २४ को घरदैलो अभियानमा होमिएका थिए । ठूलो संख्यामा उपस्थित उनीहरुले स्थानीय समस्या र आफूहरुमाथि आइपरेको अन्यायमा आवाज उठाइ दिन न्यूज २४ समक्ष अनुरोध गरेका थिए ।

को रोना भा इरस को भिड १९ को म हा मारीको कारण आम जनता आफ्नो गुनासो गुम्साएर आ–आफ्नै घरमा बस्न विवश भएको अवस्थालाई चिर्दै न्यूज २४ को सीधाकुरा जनतासंगको टोली जनताको घर दैलोमा पुग्ने अभियान आरम्भ गरेको हो ।

गत असार २८ गतेदेखि प्रदेश १ बाट सुरु भएको यस घरदैलो अभियान सातै प्रदेशमा पुग्नेछ । यस यात्राको क्रममा सीधाकुरा जनतासंग कार्यक्रम प्रदेश १ को इलाम , झापा, सुनसरी, प्रदेश २ को जनकपुर र बीरगञ्ज, बागमती प्रदेशको चितवन, गण्डकी प्रदेशको कास्की र बागलुङबाट प्रसारण भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार