कडा लक्षणसहितका सं क्रमित भेटिन थालेपछि देशभर फेरि ल कडाउन गर्न सुझाव, सवारी साधनमा जोरविजोर गर्न गृहलाई स्वास्थ्यको पत्र

काठमाडौं -बन्दाबन्दी खुलेपछि मानिसको आवतजावत बढेकाले काठमाडौँ उपत्यकामा को भिड– १९ को जो खिम दैनिकरुपमा बढ्दै गएको छ । को भिड–१९ बाट बच्नका लागि सुरक्षाका उपाय अपनाउनुपर्ने जरुरी देखिएको छ । क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले आज आयोजना गरेको ‘कोभिड– १९ बन्दाबन्दीपछिको अवस्थाः बढ्दो जोखिम र अपनाउनुपर्ने सुरक्षा व्यवस्था’ विषयक भर्चुअल कार्यक्रममा कोभिड– १९ को जोखिमबाट बच्न सुरक्षाका उपाय अपनाउन सुझाव दिइएको छ ।

पछिल्लो समय नेपालमा भेटिएका को रोना भा इरस (को भिड-१९) सं क्रमितहरुमा को रोनाको क डा ल क्षण देखिन थालेको छ। साउन ७ गतेदेखि ल कडाउन हटाएयता १४ जना सं क्रमितले ज्या न गु माइसकेका छन्। ल कडाउन खुलेर सडक र बजारमा भीड बढ्न थालेपछि भेटिएका सं क्रमितमा क डा लक्षण देखिएर र ग म्भीर हुन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुन: ल कडाउन गर्नेसम्मको सुझाव दिन थालेको छ।

मन्त्रालयले लक्षणसहितका सं क्रमित बढ्न थालेपछि गत साउन ११ गते नै गृह मन्त्रालयलाई पत्र पठाएको हो। मन्त्रालयले तत्कालै जोरबिजोर प्रणाली सुरु गरेर यातायातको साधन चलाउन भनेको छ। त्यस्तै नाकामा क डाइ गर्न पनि भनिएको जनाएको छ। गृहमन्त्रालयले बिहीबारै काठमाडौं भित्रिने नाकाबाट राति ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश निषेध गरिसकेको छ। मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीका अनुसार मन्त्रालयले गत साउन ११ गते नै पत्र पठाएर पुन: जोरबिजोर प्रणालीमा यातायातका साधन चलाउन आग्रह गरेको बताएका छन्। ‘हामीले नाकामा कडाइ गर्न र पुन जोर बिजोर गर्न ११ गते नै पत्र पठाइ सकेका छौँ’, उनले भने।

हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन: कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ। ल कडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको छ। यस्तोमा को रोना सं क्रमण दरसमेत उकालो लागेको भन्दै स्वास्थ्यले फेरि जोरबिजोर प्रणाली लागू गर्न चिठी पठाएको हो। उनले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौँ उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भनिएको बताए। उपत्यका प्रवेश नाकामा गृहमन्त्रालयले आजैदेखि क डाइ गरिसकेको छ। थप समस्या र सं क्रमित दुवै बढेर सं क्रमण नियन्त्रण बाहिर जाने सम्भावनातिर हालको संक्रमण अघि बढेको स्वास्थ्यको निचोड छ।

यस्तो अवस्थामा पुन: एक पटक देशभर क डा ल कडाउन गर्नुपर्ने मन्त्रालयका अधिकारीहरुले बताएका छन्। ‘केही दिनयता सं क्रमितमा जुन ल क्षण देखिएको छ, यसले अब परिस्थिति ख तरातिर जान सक्ने देखाएको छ’, मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘यस्तो बेलामा अहिलेबाटै सतर्क रहन पुन: एक पटक कडा ल कडाउन गर्नु पर्ने अवस्था छ।‘ आइसियुमा सं क्रमित ल कडाउनपछि भेटिएका सं क्रमितमा ग म्भीर ल क्षण देखिएसँगै उनीहरुलाई आइसियु र भेन्टिलेटरमै राख्नुपर्ने अवस्था आएको छ। केही सातअघि पहिलो पटक रौतहटका एक बिरामीको काठमाडौंमा भेन्टिलेटरमै ज्या न गएको थियो। तर ल कडाउन खुलेसँगै सं क्रमण देखिएका बिरामीहरुलाई भेन्टिलेटरमा राख्दा पनि बचाउन नसकिने अवस्था आएको हो।

केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोरङका ४५ वर्षीय पुरुषको ज्या न गएको थियो। मन्त्रालयका अनुसार अहिले सबैभन्दा बढी बागमती प्रदेशमा १५ जना सं क्रमित आइसियुमा छन्। त्यसपछि प्रदेश नम्बर २ मा ५ जनालाई आइसियुमा राखेर उपचार भइरहेको छ। मन्त्रालयको तथ्यांक अनुसार प्रदेश ५ र कर्णाली प्रदेशमा २ र२ जना सं क्रमितको आइसोलेसनमा उपचार भइरहेको छ।

पछिल्लो समय नेपालमा भेटिएका नयाँ सं क्रमितहरुमा को रोनाको क डा ल क्षण देखिएपछि सतर्कता बढाइएको छ। सं क्रमितमा ल क्षण देखिनु ग म्भीर चु नौती हो भने ल कडाउन खुलेसँगै सं क्रमित बढ्दै जाँदा अवस्था नि यन्त्रण बाहिर जान सक्नेतर्फ विज्ञहरुले सचेत गराएका छन्। नेपालमा दुई दिनयता सातजनाले ज्या न गु माएका छन्। हालसम्म ५६ जना सं क्रमितले ज्या न गु माइसकेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सं क्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको जनाएको छ। जसमध्ये ५ हजार बढी सक्रिय सं क्रमितको उपचार भइरहेको छ।

काठमाडौँ मेडिकल कलेजको कम्युनिटी मेडिसिन विभागका प्रमुख डा सुनीलकुमार जोशीले राजधानीमा समेत बढिरहेको को रोनाको जोखिममा समुदायले आफैँ सुरक्षाको व्यवस्था गर्नुपर्ने सुझाव दिए “को भिड १९ नयाँ रोग भएकाले यस रोगको विशेषज्ञ कोही पनि नभएको र ठाउँअनुसार यसको स्वरुप र लक्षणसमेत फरक देखिएको छ, मास्क लगाउनु, साबुन पानीले हात धुनु वा ७० प्रतिशत अल्कोहल भएको सेनिटाइजरले हात धुनुपर्छ”, डा जोशीले भने, “कम्तीमा एक मिटरको दूरी राख्नु र पर्याप्त हावाको आवागमन हुने स्थानमा बस्नु यसबाट बाँच्ने उपाय हो ।”

प्रत्येक दोस्रो व्यक्ति को रोना लागेको सम्झेर सबैले आफ्नो सुरक्षा व्यवस्था गर्नुपर्ने सुझाव दिँदै उहाँले रोग लागेपछि उपचार नभएकाले लाग्न नदिनुतर्फ ध्यान दिनुपर्नेमा बन्दाबन्दीपछि धेरैले सुरक्षा सतर्कता नअपनाएकाले पनि जो खिम बढेको बताए । काठमाडौँ मेडिकल कलेजमा आएका नशाका बिरामी र सुत्केरी महिलाको शल्यक्रिया गरी घर पठाएपछि उनीहरुमा को भिड– १९ भएको पुष्टि हुँदा सबै डराएर ४०० भन्दा बढी स्वास्थ्यकर्मी र सहयोगीको पिसिआर गर्दा एक जनालाई पनि कोरोना नभएको अनुभव डा जोशीले सुनाए । को रोनाको उपचारको औषधि नभएको अवस्थामा बिरामीलाई भएको अरु दीर्घ रोगको औषधि दिनुका साथै नियमितरुपमा मानसिक परामर्श, मनोरञ्जनको व्यवस्था, इन्टरनेटको व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो ।
थाहा खबर र राससको सहयोगमा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार