औषधिय गुणले भरिपुर्ण जामुनका यस्ता छन् आश्चर्यजनक फाइदा

काठमाडौं – जंगलमा पाइने औषधिय गुणले भरिपुर्ण जामुन निकै फाइदाजनक छ । हेर्दा सामान्य लाग्ने जामुनले धेरै रोग निको पार्न सहयोग गर्छ । जामुनको आयुर्वेदमा पनि प्रयोग गरिन्छ । 

यसमा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, आइरन, भिटामिन र फाइबर पाइन्छ । यसको सेवन गर्ने गरेमा मधुमेह रोगबाट टाढा रहन सकिन्छ । आयुर्वेदमा पनि मधुमेह रोग नियन्त्रण गर्न जामुनलाई लिने गरिन्छ । 

जामुनको बोक्रा निकालेर भित्रको बियालाई पिनेर मनतातो पानी सँग खाएमा मधुमेहलाई नियन्त्रण गर्न सकिने बताइएको छ । यसको सेवनले पायल्स रोगबाट पनि टाढा रहन सकिन्छ । जामुनको रुखको बोक्रालाई केहि घण्टा भिजाएर मह मिसाएर पिएमा ठिक हुन्छ । 

कब्जियत र पेटका रोगीका लागी पनि यो फाइदाजनक छ । यसको सेवनले अपच पनि ठिक गर्छ । जामुनको वियालाई पिनेर बनाएको धुलो  मनतातो पानी सँग आएमा अपच ठिक हुन्छ । त्यस्तै यसको रसले छाला सम्बन्धी समस्या पनि ठिक गर्छ । 

यो समाचार पनि पढ्नुहोस, काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई को रोना भा रइसको सं क्रमण पुष्टि भएको छ। शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई को रोना सं क्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा को रोना सं क्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार, सांसद यादव सहित उहाँको अंगरक्षक र चालकमा पनि को रोना सं क्रमण देखिएको छ ।

सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, मैले आफ्नो पिसिआर परीक्षण गराउँदा को रोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।

साथै उहाँले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाव दिनुभएके छ । आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने बताउनुभएको छ ।

पछिल्लो समय वीरगन्जमा सं क्रमणको जो खिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध समेत गर्नुभएको छ ।वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान सं क्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार