नेपाली नागरिकलाई कुवेत प्रवेशमा प्र तिबन्ध

दोहा- कुवेतले अगस्ट १ बाट हवाई उडान पुन: सुचारु गर्ने निर्णय गरेसंगै नेपालसहित ७ देशका नागरिकलाई तत्काल कुवेत प्रवेश प्र तिबन्ध लगाएको छ ।

अरब टाइम्सका अनुसार कुवेतको सरकारी सञ्चार केन्द्रले आफ्नो ट्वीटर मार्फत यस्तो घोषणा गरेको जनाएको छ । अगस्ट १ तारिकबाट कुवेत प्रवेश गर्न दिने निर्णय गरिए पनि नेपालसहित भारत, बंगलादेश, फिलिपिन्स, श्रीलंका, पाकिस्तान र इरानलाई कुवेत प्रवेशमा प्र तिबन्ध लगाइएको छ ।

सबै यात्रुहरुले विमानस्थलमा प्रवेश गर्ने र प्रस्थान गर्ने प्रक्रियालाई सहज पार्न सबै स्वास्थ्य प्रक्रियाहरू र निर्देशहरूको पालना गर्नुपर्ने जनाएको छ ।

यसघि कुवेतले प्रारम्भिक चरणमा नेपालसहित २० देशहरुमा औपचारिक रूपमा हवाई उडान सूचारु गर्न लागिएको कुवेत नागरिक उड्डयन निर्देशनालयले जनाएको थियो ।

तर त्यो निर्णय भएको दुई दिन पनि टिक्न नपाउदै कुवेत सरकारले अर्को निर्णय सार्वजनिक गरेको हो ।कुवेतले नेपाली नागरिकलाई प्र तिबन्ध लगाउने निर्णयसंगै कुवेतबाट नेपाल फर्किने नेपाली श्रमिकहरु थप समस्यामा परेका छन् । कुवेतमा विभिन्न क्षेत्रमा गरि करिव ५० हजार नेपाली श्रमिक कार्यरत रहेका छन् ।

यो समाचार पनि पढ्नुहोस, काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई को रोना भा रइसको सं क्रमण पुष्टि भएको छ। शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई को रोना सं क्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा को रोना सं क्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार, सांसद यादव सहित उहाँको अंगरक्षक र चालकमा पनि को रोना सं क्रमण देखिएको छ ।

सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, मैले आफ्नो पिसिआर परीक्षण गराउँदा को रोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।

साथै उहाँले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाव दिनुभएके छ । आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने बताउनुभएको छ ।

पछिल्लो समय वीरगन्जमा सं क्रमणको जो खिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध समेत गर्नुभएको छ ।वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान सं क्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार