सीमा वि’वाद बढ्दै गएपछि, भारतीय सेनामा गोर्खा भर्ती, नपठाउने निष्कर्ष

काठमाडौं। भारतसँग सीमा विवादका बीच नेपालले अब भारतीय सेनामा गोर्खासैनिकको भर्तीको विषयमा गरिएको सम्झौताको समीक्षा गर्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यो सम्झौताका केही प्रावधान संदिग्ध भएको बताउँदै १९४७ मा गरिएको यो सम्झौता निरर्थक भएको बताएका छन् । नेपालमा यसअघि पनि नेपालीहरुलाई गोर्खा सैनिकमा भर्ती हुन रोक लगाउनुपर्ने आवाज उठ्दै आएको छ ।

समाचार एजेन्सी एसिया न्यूज इन्टरनेशनलका अनुसार परराष्ट्रमन्त्री ज्ञवालीले भनेका छन् ‘भारतीय सेनामा गोर्खालीको भर्ती अतीतको विरासत हो । नेपाली युवाहरु विदेश जानको लागि यो पहिलो ढोका थियो । यसले अतीतमा समाजमा धेरै रोजगारीको सृजना गर्यो तर बदलिएको सन्दर्भमा केही प्रावधान संदिग्ध छन् । १९४७ को त्रिपक्षीय सन्धि निरर्थक भएको छ ।’

यसअघि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीले पनि सरकारसँग नेपाली युवाहरुलाई भारतीय सेनामा भर्ती हुन रोक लगाउन माग गरेको थियो । उसले चीनसँग विवादका बीच भारतले नेपालीहरुलाई सीमामा तैनाथ गर्न चाहेको भन्दै भारतसँग पनि नेपालीलाई चीनसँगको सीमा क्षेत्रमा युद्धका लागि नपठाउन माग गरेको थियो । नेपाल एक स्वतन्त्र देश भएकोले भारतीय सेनामा काम गर्ने नेपाली युवालाई तेस्रो मुलुकविरुद्ध प्रयोग गर्न नहुने र यो नेपालको असंलग्न विदेश नीतिविरुद्ध भएको नेकपाले बताएको थियो ।

सेनामा गोर्खाली सैनिकको छुट्टै महत्व छ । भारतका पहाडी षेत्रमा धेरैजसो गोर्खाली जवान नै तैनाथ रहन्छन् । पहाडमा गोर्खालीजत्तिको कुशलतापूर्वक युद्ध अरु कसैले लड्न नक्ने पनि भन्ने गरिन्छ । भारतमात्र होइन बेलायतमा पनि गोर्खा सैनिकको छुट्टै रेजिमेन्ट छ । गोर्खालीको बहादुरीका कहानी विश्वभर प्रसिद्ध छन् । भारतका पूर्व सेना प्रमुख स्याम मानेक्शाले भनेका थिए ‘यदि कसैले मृत्युसँग डराउँदिन भन्छ भने या त ऊ झुट बोलिरहेको छ या त ऊ गोर्खाली हो ।’

गोर्खाली सैनिकको मुख्य हतियार खुकुरी हो र यो नै गोर्खालीको पहिचान हो । गोर्खा रेजिमेन्टका सैनिकलाई प्रशिक्षणपछि अनिवार्य रुपमा खुकुरी दिइन्छ । गोर्खाली सैनिक शारीरिक र मानसिक रुपमा निकै मजबुत हुन्छन् । भारतीय सेनामा ४२ हप्ताको कडा प्रशिक्षणपछि गोर्खाली सैनिक पोस्टिङमा जान्छन् । गोर्खाली बिना हतियार आमने–सामनेको युद्धमा निकै कुशल मानिन्छन् । डिसीनेपाल बाट 

यो समाचार पनि पढ्नुहोस, काठमाडौँ, १७ साउन । जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवलाई को रोना भा रइसको सं क्रमण पुष्टि भएको छ। शुक्रबार अबेर प्राप्त रिपोर्टमा यादवलाई को रोना सं क्रमण पुष्टि भएको हो।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शुक्रबार राति गरिएको पीसीआर परीक्षणमा सांसद यादवसहित ६४ जनामा को रोना सं क्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार, सांसद यादव सहित उहाँको अंगरक्षक र चालकमा पनि को रोना सं क्रमण देखिएको छ ।

सांसद यादव आफैंले यसबारे फेसबुकमा जानकारी गराउनुभएको छ । उहाँले लेख्नुभएको छ, मैले आफ्नो पिसिआर परीक्षण गराउँदा को रोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु। मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन। म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु ।

साथै उहाँले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाव दिनुभएके छ । आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने बताउनुभएको छ ।

पछिल्लो समय वीरगन्जमा सं क्रमणको जो खिम बढेको र त्यहाँ आवश्यक भेन्टिलेटर र विज्ञ टोलीसमेत खटाउन सरकारसमक्ष अनुरोध समेत गर्नुभएको छ ।वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान सं क्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार